थामेमा प्राकृतिक प्रकोपबाट क्षति

 खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेमा आएको बाढीले टोक टोकका तीन घर पूर्णरुपमा क्षति भएको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाले जनाएको छ ।


अन्य चार घर पहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण नाम्चे पर्यटकीय पदमार्गमा पनि क्षति पुगेको छ, अहिले उक्त क्षेत्रको टोल विकास संस्थाले स्थानीयवासी, नेपाली सेना र प्रहरीको सक्रियतामा वैकल्पिक मार्ग निर्माण गरेको छ ।


पहिरोका कारण जोरसल्लेदेखि लार्चा दोभान र थाडोकोशीदेखि युलिङ (घाट) जाने सडकमा पनि क्षति पुगेको छ । बाढी पहिरोका कारण टोकटोक, बेङ्कार, फाकदिङ, युलिङिङ, ल्होवा, चेर्मादिङलगायतका बस्ती उच्च जोखिममा छन् ।


Comments

Popular posts from this blog

उपत्यकामा आज गाईजात्रा

‘पीडितमैत्री भएको कार्यान्वयनले पुष्टि गर्नुपर्छ’