प्रमुख समाचार |

 पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐना पहारामा आज दिउँसो भारतीय नम्बर प्लेटको बस मस्र्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।





१६ जना यात्रुको उद्धार गरिएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस खोलामा खसेको थियो ।




बसमा भारतीय यात्रु सवार रहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । यद्यपी यात्रुको संख्या भने यकिन हुन सकेको छैन । बसमा करिब ४० भारतीय नागरिक सवार रहेको बताइएको छ ।

 घटनास्थलमा सशस्त्र प्रहरी बलको १० सदस्यीय गोताखोर टोली खटिएको छ र टोलीले यात्रुको उद्धार गरिरहेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले उद्धार गरिएका यात्रुलाई अस्पताल लगिएको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । 



शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । एक तोला 11.66 ग्राम बराबर हुन्छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको हलमार्क सुनको मूल्य आज प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ छ । यो बिहीबार रु 1,830 थियो।



Comments

Popular posts from this blog

उपत्यकामा आज गाईजात्रा

‘पीडितमैत्री भएको कार्यान्वयनले पुष्टि गर्नुपर्छ’