प्रस्तावित १७ राजदूतविरुद्ध पीएचसीमा नौ उजुरी परेका छन् |
विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ उजुरी परेका छन् ।
समितिको आजको बैठकले सो जानकारी दिएको हो । समितिका सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीको सुनुवाइ भदौ ३० गतेबाट सुरु गर्ने कार्यक्रम रहेको बताइन् ।
‘सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका १७ राजदूतविरुद्ध नौवटा उजुरी परेका छन्, उजुरीकर्तालाई समितिमा बोलाएर उनीहरुको गुनासोको विषय र औचित्य स्पष्ट गर्न सोध्नेछौं,’ उनले भनिन् ।
न्यौपानेले थपे, ‘प्रस्तावित राजदूतलाई बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने, छलफल गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधिको दफा १५ बमोजिम कार्यतालिका परिमार्जन गरी पारित गरिएको हो ।
बैठकमा सांसदहरुले राजदूत नियुक्ति समावेशी नभएको धारणा राखेका थिए । सांसदहरु पशुपति शमशेर जबरा, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा, प्रकाश अधिकारी, आनन्दप्रसाद ढुंगाना, लीलानाथ श्रेष्ठ, ईश्वरी घर्ती, महेशकुमार बर्तौला, भगवती न्यौपानेलगायतले सरकारले दलितको सहभागिता सुनिश्चित गर्न नसकेको भन्दै प्रश्न उठाउनुभयो । राजदूतको सिफारिस गर्दा मधेस र मुस्लिम समुदाय ।
राजदूत नियुक्त गर्दा समावेशीता कायम राख्न समितिले गरेको आग्रह कार्यान्वयन नभएको उनीहरुको भनाइ छ ।
सरकारले प्रा डा कृष्णप्रसाद ओली चीनका लागि राजदूत, सुनिमा तुलाधरलाई डेनमार्क, डा शैल रुपाखेती जर्मनी, डा शंकरप्रसाद शर्मा भारत, प्रा धनप्रसाद पण्डित इजरायल, डा नेत्रप्रसाद तिमिल्सिना र रीता धिताललाई पाकिस्तानका लागि सिफारिस गरेको थियो । प्रकाश मनु पौडेल पोर्चुगल, रमेशचन्द्र पौडेल कतार, जंगबहादुर चौहान रसिया, नरेश विक्रम ढकाल साउदी अरब, प्रा डा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, डा शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, सनिल नेपाल स्पेन, रामकृष्ण भट्टराई श्रीलंका, चन्द्रकुमार घिमिरे बेलायत र लोकदर्शन रेग्मी अमेरिका छन् ।

Comments
Post a Comment