कोशी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ..|

 मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानको पश्चिमतर्फ र केही उत्तरी दिशामा आफ्नो औसत स्थानको पूर्वतर्फ रहेको महाशाखाले जनाएको छ ।


आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।

कोशी र मधेस प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा अहिले वर्षा भइरहेको छ ।

त्यसैगरी मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज साँझ पनि यस्तै मौसमले कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

Comments

Popular posts from this blog

उपत्यकामा आज गाईजात्रा

‘पीडितमैत्री भएको कार्यान्वयनले पुष्टि गर्नुपर्छ’